प्यूठान । आसन्न निर्वाचन लक्षित कार्यक्रममा जुटेको नेकपा (एमाले) प्यूठानले शनिबार तीन वटा औपचारिक कार्यक्रम सप्पन्न गरेको छ । एमालेका उम्मेदवार सूर्य थापाले शनिबार नौबहिनी गाउँपालिकाका अगुवा कार्यकर्ता भेटघाट संगै नौबहिनीको सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ ।

 

नौबहिनीका अगुवा कार्यकर्तासंग आन्तरिक चुनावी रणनीतिको विषयमा छलफल गरेको छ । त्यसैगरी नौबहिनीको सम्पर्क कार्यालय उद्घाटन गरिएको एमाले प्यूठानका सचिब इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो ।

 

शनिबार नै पार्टीको बिभिन्न जनबर्गीय संगठनको छुट्टाछुट्टै बैठकले चुनावी अभियानको योजना निर्माण गरेको छ । पालिका, वडा र टोलसम्म पुग्ने गरि कार्य योजना तय गरिएको जनसंगठन संयन्त्रका सचिब नेगन सिंह कुवरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय