प्यूठान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले प्रतिनिधि सभा निर्वाचनको लागि पालिका स्तरीय अगुवा कार्यकर्ता भेला अन्तर्गत पहिलो चरणको अभियान सम्पन्न गरेको छ । सरुमारानी गाउँपालिकाबाट शुरु भएको चुनावी अभियान आज मल्लरानी गाउँपालिका पुगेर पहिलो चरणको चुनावी भेटघाट अभियान सकिएको हो ।

उम्मेदवार सहित सबै पालिकामा पहिलो चरणको भेटघाट सम्पन्न गरिएको विद्यार्थी नेता मिलन एमसीले जानकारी दिनुभयो । दोस्रो चरणको कार्यक्रम अन्तर्गत भोलिबाट वडा स्तरमा जनभेटघाट अभियानलाई अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्यको उमेदवार कृष्णध्वज खड्काले निर्वाचनको लाफी आफ्नो पक्षमा जनताहरु उत्साहित भएको बताउनुभयो । उहाँले आसन्न प्रतिनिधिसभा निर्वाचनको माहोल बिस्तारै बढ्दै गएको बताउनुभयो ।

भेटघाट कार्यक्रममा पार्टी तर्फबाट प्रत्यक्ष तर्फका उम्मेदवार कृष्णध्वज खड्का, समानुपातिक तर्फ उम्मेदवार उमा शर्मा, पार्टी नेताहरु नारायण प्रसाद अधिकारी, कृष्ण अधिकारी, जिल्ला संयोजक प्रभात केसी, सहसंयोजक भोजविक्रम बुढा लगायतका स्थानीय नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो।

भेटघाटमा जेनजी आन्दोलन पछि उत्पन्न परिस्थिति, आसन्न निर्वाचनको रणनीति र जनपरिचालन लगायतका विषयमा छलफल भएको नेकपाले जनाएको छ । नेकपाका उम्मेदवार  कृष्णध्वज खड्का लुम्बिनी प्रदेशको पुर्व अर्थमन्त्री समेत बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय