प्यूठान । प्रतिनिधि सभा सदस्यका लागि प्युूठानबाट नेपाली काङ्ग्रेसका उम्मेदवार रहेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।
आफूसँग विकास र समृद्धिको स्पष्ट खाका रहेको भन्दै प्यूठान जिल्लाका नौ वटै स्थानीय तहमा पहिलो चरणको कार्यक्रम सम्पन्न गर्नुभएको हो ।

डाक्टर गोविन्दराज पोखरेलले शनिबार प्यूठानबाट रूपन्देहीमा विभिन्न कामको सिलसिलामा बसोबास गर्ने सबै प्युठानीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ ।

विकासका हिसाबले छिमेकी जिल्लाको तुलनामा पछि परेको भन्दै प्युठानको विकास र समृद्धिका लागि सबै आस्था विचार राख्ने प्युठानीहरूसँग भेटघाट गरेको डाक्टर गोविन्दराज पोखरेलले बताउनुभयो ।

समृद्धिको सपना एक्लैले पूरा गर्न नसक्ने भन्दै सबैसँग आफूले सल्लाह सुझाव लिएर आफ्नो चुनावी प्रतिबद्धता पत्र समेत तयार गर्ने डाक्टर पोखरेलले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय