प्यूठान । स्वर्गद्वारी जान भारतीय तिर्थयात्री चढेको जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । बिहीबार दिउँसो स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जीप दुर्घटनामा ३ वर्षीया काब्या मौरीयाको ज्यान गएको प्रहरीले जनाएको छ ।
भारतको महाराजगन्ज थाना मेटौली निवासी मौरीयाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले बताउनुभयो ।
२ जना गम्भीर घाईते सहित १७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाईएको उहाँले जानकारी दिनुभयो ।
मुस्ताङ जिप आफै अनियन्त्रीत भई सडक देखि करीब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group