प्यूठान । प्यूठानमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । देबिस्थान-दाङ सडक खण्ड अन्तर्गत माण्डवी गाउँपालिका-१ डामृखोलामा लु.प्र.०२-००१ ज ०१०४ नम्बरको मारुति भ्यान दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

दुर्घटनामा चालक प्यूठान नगरपालिका-४ बस्ने अन्दाजी २४ वर्षीय दिलिप परियार र मल्लरानी गाउँपालिका-५ धुदी बस्ने बर्ष अन्दाजी २६ वर्षीय अभिषेक कुवंर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

गाडी सडक करीब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुबै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय