प्यूठान । प्यूठानको झिमरुक नदीमा डुबेर एक बालकको ज्यान गएको छ । प्यूठान नगरपालिका-१ खैरा स्थित झिमरुक खोलामा डुबेर १४ वर्षीय नोबेल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

पौडी खेल्ने क्रममा खोलामा डुबेको बालकलाई उद्दार गरि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय