“गाउँमै सेवा पाउने भएपछि स्थानीय खुशी”

महेश थापा
प्युठान । उत्तरी प्युठानको नौबहिनी गाउँपालिकाका १ सय ८२ घरधुरीका लागि विद्युत बत्ती जडान गर्नको लागि वडा कार्यालयबाटै मिटरबक्स वितरण थालिएको छ । विद्युत प्राधिकरण जिल्ला शाखा बिजुवार प्युठानबाट कर्मचारी नौबहिनी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमै आएर मिटरबक्स वितरण गर्न लागिएको हो ।

जनताको समस्यालाई मध्यनजर गर्दै विद्युत प्राधिकरण बिजुवार शाखालाई अनुरोध गरेर वडामै मिटरबकस वितरण गर्ने कार्यलाई पहल गरिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो। विद्युतिकण नपुगेका बस्तिका जनतालाई वडामै मिटरबक्स उपलब्ध हुने भएपछि राहत भएको बताउनुभयो । अन्य वडाका बस्तीहरुमा पनि यसरीनै वितरण गरिने ब्यवस्था मिलाइएको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिका र वडा कार्यालयको समन्वयमा बिहिवारबाट विद्युत बत्ती नबलेको घरधुरीका ब्यक्तिहरुलाई मिटरबक्स वितरण गर्न थालिएको वडा नम्बर ३ का वडा अध्यक्ष डिल बहादुर केसीले जानकारी दिनुभयो ।

नौबहिनी गाउँपालिका-३ बाट बिजुवार पुगेर मिटरवक्स लिनको लागि स्थानिय जनतालाई समस्या भएको भन्दै वडा कार्यालयबाट मिटरबक्स वितरण गर्ने ब्यवस्था गर्न लागिएको वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । अध्यक्ष केसीका अनुसार गाउँबाट बिजुवार पुग्न आउजाउको लागि १२ सय रुपैयाँ एक जनाको लाग्ने बताउनुभयो । “एकपटकमा यति धेरै खर्च हुन्छ।” उहाँले भन्नुभयो, “कम्तिमा पनि एकजना ब्यक्ति एउटा मिटरबक्स पाउन ३ पटक बिजुवार धाउनुपर्छ।” जनताको अनावश्यक खर्च र झन्झट अन्त्यको लागि वडामै मिटरबकस पाउने ब्यवस्था मिलाइएको बताउनुभयो । जनताकाे सुविधाका लागि पालिजा र वडा कार्यलय लागि परेर अध्यारोबाट उज्यालो दिन आफुहरु अग्रसर रहेको बताउनुभयो ।

बिजुवार आउजाउ गर्दा हुने खर्च बचेपछी स्थानीयलाई राहत मिलेको छ । गाउँमै मिटरबक्स पाउँदा स्थानीय हौसिएका छन् । पहिलो फेजमा आजबाट नौबहिनी गाउँपालिका-३ का धनचे, ओखलढुंगा, चुतरा, घागु लगाएतको बस्तिका घरधुरीका ब्यकिलाई वडा कार्यालयबाट मिटर बक्स वितरणको काम सुरु भएको छ ।

२०७४ सालमा विद्युत प्राधिकरणको लाइन गाउँमा पुगेपनी स्थानीयले बत्ती बाल्न पाएका थिएनन् । अब सबै वडाका बस्तीमा विद्युत लाइन बिस्तार गरि गाउँ उज्यालो बनाउने अभियान थालिएको पालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । जिल्लाको अलि विकट र दुर्गम ठाउँ भएकोले जनतालाई सास्ती हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय