काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टिमबीच फाइन प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ । जसका कारण दुवै टोलीको लक्ष्य पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।

 

लिग चरणमा दुवै टोलीले ५-५ जित निकालेका छन् । सुदूरपश्चिमले २ खेल हार्दा लुम्बिनीले एक खेल मात्र हारेको छ । एक खेल रद्द भएको थियो जसका कारण लुम्बिनीको १ अंक बढी रह्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय