शोभाखर पन्थी
अर्घाखाँची । नेकपा एमालेका उप-महासचिब प्रदिप ज्ञवालीले वर्तमान सरकार देश र जनताको निम्ति बोझ भएको बताउनुभएको छ। उहाँले प्रचण्ड नेतृत्वको सरकारका कारण अहिले मुलुकमा राजनिक, आर्थिक र सामजिक संकट उत्पन्न भएको भन्दै सरकारको आलोचना गर्नुभयो।

नेकपा एमालेले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित कार्यक्रमलाई स्मृति भवनमा सम्बोधन गर्दै ज्ञवालीले सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको बताउनुभयो। उहाँले मुलुकमा संस्थागत रुपमै भ्रष्टाचारलाई बढावा दिएको, उच्च तह बाट नै सुन तस्करी हुने गरेको, हजारौं बर्ष देखि मिलेर बस्दै आएका नेपाली दाजुभाईको बीचमा रहेको सामजिक सद्भाव र आपसी एकताको भावनालाई टुटाएर द्वयस र घृणाको वातावरण बनाई आपसमा भिडाउने काम गरेको आरोप लगाउनुभएको छ ।

पुर्व मन्त्री समेत रहनुभएका ज्ञवालीले वर्तमान सरकारका कारण जनतामा निराशा र अविश्वास पैदा भएको भन्दै उहाँले नेपाली जनताको सामुहिक सपना समाप्त पारेको बताउनुभयो। नेकपा एमालेको पालामा मुलुकको बिकासले गति लिएको, जनतामा उत्साह पैदा भएको स्मरण गराउँदै उहाँले सरकारले जनतालाई निराशा पार्ने बाहेक अर्को काम नगरेको बताउनुभयो । सरकारले ठेक्काको काम गरेका निर्माण व्यसायीको ७० अर्ब भन्दा बढी रकम रोकेर व्यवसायीलाई बैंक लिलामी गर्ने काम गरेको बताउनुभयो।

पुर्व परराष्ट्र मन्त्री ज्ञवालीले सरकारका कारण नेपालको अन्तराष्ट्रिय सम्बन्ध र कुटनिती निक्कै कमजोर भएको भन्दै सरकार टिकाउने नाममा मुलुकको स्वाधिनता र नेपाली जनताको आत्म सम्मानमा चोट पुग्ने काम नगर्न सरकारलाई चेतावनी समेत दिनुभयो । उहाँले बिकास, समृद्धि, सामाजिक न्याय र समाज रुपान्तरणको निम्ति नेकपा एमालेको बिकल्प नभएको उहाँको तर्क रहेको छ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रचना खड्का, केद्रीय सल्लाहकार कमिटीका सदस्य नरेन्द्र कुमार क्षेत्री, केद्रीय स्कुल विभागका सदस्य बद्रि खनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय