दाङ । दाङको भालुवाङ मध्य रातमा भएको बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । शुक्रबार राति भएको बस दुर्घटनामा पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनुभयो । मृतकहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । दुर्घटनामा परि घाइते १९ मध्य केहिलाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाइएको छ भने केहि घाइतेहरुको भालुवाङ प्रस्तावित अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करिब साढे १० बजेको समयमा दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिनुभएको छ । घटना स्थलबाट जेसिवीको सहायताले ७ जनाको शव निकालिएको प्रहरीले बताएको छ। त्यो सहित ५ पहिलेनै निकालिएको प्रहरीले जानकारी दिएको छ ।
बसमा करिब ३०-३५ जना यात्रु सवार रहेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुमान गरेको छ । दुर्घटना भएको थाहा पाए लगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा जुटेका थिए । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
भालुवाङ बस दुर्घटना अपडेट : घाइतेहरूकाे नामावली सहित
१.काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२.काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३.बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५.रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६.बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७.भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८.बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९.जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११.बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२.डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३.बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६.बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७.बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको
फोटो : सन्तोस कुमार गुप्ता भालुवाङ ।





									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
												
												
												
												
												
												
								
								
								
								
								
S.K. Creative Media Group