काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको आइतबार बसेको बैठकले एसईई परीक्षा होली पछाडि चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताउनुभयो। बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्ने भन्ने थियो । तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको उहाँको बताउनुभयो ।

बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४ सय ४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४ सय ४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेको बताएको छ ।

ती मध्ये प्रदेश अनुसार हेर्ने हो भने, कोशी प्रदेशबाट पुरुष ३९ हजार ६ सय ७५ र महिला ४० हजार ४ सय ८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ सय १६, र महिला ४० हजार ७ सय ९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४ सय २०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६ सय ३६ महिला २० हजार ८ सय ५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २ सय २१ पुरुष र महिला ४५ हजार ८ सय ५१, कर्णालीबाट पुरुष १६ हजार २ सय  र महिला १६ हजार ३ सय १८ र सुदुर पश्चिमबाट पुरुष २८ हजार ८ सय ९ र महिला २८ हजार ७ सय १६ जनाले रजिष्ट्रेसन फाराम भरेका बोर्डले जानकारी दिएको छ ।

यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषय न्एनजी आएकाले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँने परिक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय