प्यूठान। स्वर्गद्वारी नगरपालिकाले स्थानीय जेष्ठ नागरिकहरुको निःशुल्क आँखा जाच गरिएको छ । गाउँपालिका भित्र रहेका १ सय ९१ जना जेष्ठ नागरिकको निःशुल्क आँखा जाच गरिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा आयोजित शिबिरमा ५५ जनाको अप्रेशन गर्नुपर्ने अबस्थामा भेटिएको प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारका प्रमुख लक्ष्मी मल्लले जानकारी दिनुभयो । अप्रेसन गर्नुपर्ने आँखाका रोगिहरुको स्वर्गद्वारी नगरपालिकाले नि:शुल्क शल्यक्रिया गर्ने नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनुभयो ।
स्वर्गद्वारी नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्युठानकाे सहयाेगमा प्राथमिक आँखा उपचार केन्द्र भिंगृमा एक दिने आँखा परिक्षण शिविर सञ्चालन गरिएको स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
नगर प्रमुख भण्डारीका अनुसार नगर भित्रका सम्पुर्ण आँखा राेगि जेष्ठ नागरिकहरूकाे आँखा परिक्षणको लागि आवश्यक सहयोग प्रदान गरिने बताउनुभयो। स्थानीय अस्पतालमा आँखाको परिक्षण गर्न पाउदा स्थानीय जेष्ठ नागरिक खुशी भएका छन् ।