माधव खनाल
अर्घाखाँची। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी परिवर्तन गरेर रास्वपामा आउँन पर्दैन् मत परिवर्तन गर्नका लागी आग्रह गर्नुभएको छ ।
रास्वपाका सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा ब्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
रास्वपाले मुलुकलाई विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको बताउनुभएको छ । पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेका छौँ, त्यो संख्याले हुदैँन् परिवर्तन गर्नका लागि वहुमत चाहिने बताउनुभयो ।
पुर्वगृहमन्त्री समेत रहनुभएको लामिछानेले, ‘वर्तमान सरकार सञ्चालनको शैली ठिक छैन, सुरूसुरूमा काम गरेजस्तो गर्ने तर, काण्डको टुंगो नलाग्दै कसैको दबाबमा काण्डको ढाकछोप गरेको आरोप लगाउनुभयो ।’
हामी कुखुराको जस्तो मुटु लिएर राजनितिमा आएको होईन, लामिछानेले भन्नुभयो,‘सिंहको जस्तै दरिलो मुटु लिएर राजनितिमा आएको छौ, सामान्य रुपमा नसोच्नुहोला, थप गर्दै भन्नुभयो, ‘इमानको राजनिति गर्नका लागी राजनितिमा आएको हुँ, कसैसँग डराएर सिर झुकाउँनेछैन् ।’
त्यस्तै रास्वपाका सांसद सुमना श्रेष्ठले देशमा गरिबी, अशिक्षा र कुशासनमा फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको चिन्ता ब्यक्त गर्नुभयो। सरकारको नेतृत्व गरेका दलहरूबाट नै भष्ट्रचारको वेथिति बढेकाले यसको अन्त्यका लागि नयाँ शक्तिको उदय भएको उहाँले बताउनुभयो।
रास्वपाका केन्द्रीय सदस्य अर्जुन अधिकारी, लुम्बिनी प्रदेशका अध्यक्ष गणेश पौडेल, जिल्ला संयोजक हरिप्रसाद भुसाल, महिला नेतृ सिता पराजुली, सन्धिखर्कका संयोजक प्रकाश आचार्य लगाएतका वक्ताहरुले परिवर्तनको पक्षमा जुट्न अपिल गर्नुभयो ।