कपिलवस्तु । कपिलवस्तुको सुरईनाका खोलमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरवाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१, स्थित सुरईनाका खोला पुलनजिकै बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

सुनाैलाे महाकाली यतायात प्रालिको सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको यात्रुबाहक बस आज राति करिब २ वजेतिर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको सूचना पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टाेलीले घटनास्थल पुगेर समयमै उद्वारको काम गरेको थियो ।

बस दुर्घटनामा घाइते भएकाहरु मध्ये सामान्य घाइतेलाई कपिलवस्तुकै सञ्जीवनी र आधारभूत अस्पतालमा चन्द्राैटामा उपचार भैरहेकाे छ, भने अन्य केही गम्भीर घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पाैडेलले जानकारी दिनुभयो ।

उक्त यात्रुबाहक वस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकवाट करिव २ सयमिटर तल खाेलामा खसेको छ । दुर्घटना भएको थाहा पाए लगत्तै रातिदेखि नै आफुहरु उद्वारका लागि घनास्थलमै रहेकाले दुर्घटना के कति कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक अनिश भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार थप अनुसन्धान पछिमात्र भन्न सकिने बताउनुभयो । दुर्घटना बारे थप अनुसन्धान भैरहेको जनाएको छ । थप विवरणका आउन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर