चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।
सनाखत हुनेमा रौतहट औराही-३, का ४६ वर्षीय नारायण बहादुर भण्डारी, नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका-१, का २७ वर्षीय राहुलराम कामी, भीमदत्त नगरपालिका-४, का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त-१६, का सञ्जु थापा, पुनरवास नगरपालिकाका बिसनदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिनुभयो ।
यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त-२, का सुदीप भट्ट र पुनरवास-९,का विमलादेवी भट्टको पहिचान खुलेको छ ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा ३० जना घाइते भएको ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।