काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक लगाईएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा फोटो पत्रकारहरूलाई प्रवेश नदिइएको हो ।
सूचना तथा प्रसारण विभागको कार्डले समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका छ्न । उनीहरुले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन ।
समारोहको निमन्त्रणा पत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।