प्यूठान । कार्यसम्पादन मूल्याकंनमा सरुमारानी गाउँपालिका जिल्लाभरमा प्रहिलो भएको छ । आर्थिक वर्ष ०७९/०८० को कार्यसम्पादन मूल्याकंनमा देशभरमा दशौं स्थानमा रहेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सरुमारानी गाउँपालिका ४९.१९ अङ्कसहित पहिलो, प्युठान नगरपालिका ४४.३० अङ्कसहित दोस्रो र गौमुखी गाउँपालिका ४२.३० अङ्कसहित तेस्रो भएका छन् ।

त्यसैगरी झिमरूक गाउँपालिका ४०.६६, मल्लरानी गाउँपालिका ४०.५१, माण्डवी गाउँपालिका ३८.४६, नौबहिनी गाउँपालिका ३८.०५, ऐरावती गाउँपालिका ३५.७३ र स्वर्गद्वारी नगरपालिकाले २७.५६ अङ्क प्राप्त गरेका छन् । आयोगले १७ सूचकमध्ये १४ सूचकको मूल्याङ्कन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय