बुटवल । दलित जातीको ज्ञान, सिप एवं श्रमको शिर्षकमा बहसहुने गरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘दलित ज्ञान उत्सव’ कार्यक्रम सुरु भएको छ । शुक्रबारसम्म संचालन हुने कार्यक्रममा करिब २५ वटा शत्रहरु रहने दलित रिडरका कार्यकारी अध्यक्ष रुकमेणी नेपालीले जानकारी दिनुभयो । उहाँले यो कार्यक्रमले दलितहरुको सिप, श्रम र ज्ञानको इतिहासबारे जान्न धेरै मद्दत गर्ने बताउनुभयो ।

नेपाली समाजको सामाजिकीकरण र गतिशीलताका लागि दलित समुदायको महत्त्वपूर्ण योगदान रहे पनि श्रम, सीप र उद्यमशीलतासँग जोडिएको दलित ज्ञानको उचित सम्मान, संरक्षण र प्रवर्द्धन हुन नसकिरहेकाले ज्ञान उत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

बुधवार उत्सवको उद्घाटनमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरपालिकामा दलित रणनीतिक ऐन बनाएर नगरपालिका विभेदमुक्त बनाउन खाजेको बताउनु भयो । ज्ञान, श्रम, सिपले गर्दा दलितहरु समाजका रचनात्मक काम गर्ने वैज्ञानिक भएको खाडले बताउनुभयो ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले सामाजिक रुपान्तरणका लागि बौद्धिकस्तरमा बहस छलफल आबस्यक रहेको बताउनुभयो । चौधरीले राज्यका सबैतहमा पछाडि पारिएको समुदायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

सन् २०१७ मा अर्थशास्त्री सुभाष नेपाली र लेखक तथा अध्येता शिवहरी ज्ञवालीले दलित रिडरको स्थापना गर्नु भएको थियो । नेपालभर २ सय लेखनकर्मीहरु उत्पादन गरेको संस्थाले जनाएको छ । कार्यशालामा करिब १ बर्ष सहभागी भएका लेखनकर्मीलाई प्रमाणपत्र बितरण गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर