प्यूठान । ऐरावति गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाईको आयोजना तथा राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागकोे सहयोगमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, वडा अध्यक्षहरु, वडा सचिव तथा शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा अध्यक्ष शाहले व्यक्तिगत घटना दर्ता समयमै गर्नुपर्ने बताउनुभयो । व्यक्तिगत घटना दर्ता घटना घटेको ३५ दिन भित्र गराएमा नि:शुल्क हुने भएकाले जनस्तरसम्म जानकारी पुर्याउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उदेश्य अनुरुप घटना दर्ता सप्ताह अभियान अगाडी बढाउन अध्यक्ष शाहले आग्रह गर्नुभयो ।

कार्यक्रममा व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु , विवाह, बसाइँसराई र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गराउनका लागि आग्रह गरिएको थियो । कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धि प्रस्तुतिकरण पालिकाका सुचना प्रविधि अधिकृत अभियान पोख्रेलले गर्नुभएको थियो ।


सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाईले व्यक्तिगत घट्ना दर्ता सप्ताहको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धि अभिमुखीकरण कार्यक्रम संगै पालिकाका ६ वटै वडामा सन्देशमुलक ब्यानर टास्ने, पालिका भित्र रहेका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घट्ना दर्ता सप्ताहको महत्वको बारेमा जानकारी गराउने , पालिकाबासीलाई आफ्ना व्यक्तिगत घटना दर्ता गर्न अनुरोध सहितको रेडियो जिंगल समेत प्रशारण गरिएको ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाईका प्रमुख एम.आई.एस. अपरेटर सागर रिजालले बताउनभुयो ।

अभियान २०८१ साल बैशाख १ गतेदेदखि ७ गतेसम्म संचालन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय