महेश थापा
बाहाने । बिबिध खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रम सहित तेश्रो नौबहिनी-कोठीभिर कृषि, पर्यटन महोत्सव संचालन भएको छ । चैत २९ गते प्रतिनिधि सभा सदस्य सूर्य थापा महोत्सव स्थल स्याउलिवाङ पुगेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रम उद्घाटनमा बोल्दै प्रमुख अतिथि थापाले स्याउलिवाङलाई पर्यटनसंग जोड्न आफुले पहल थालेको बताउनुभएको छ । उहाँले त्यस क्षेत्रको भौतिक बिकासका लागि समेत महत्त्व दिएर लागिपरेको बताउनुभयो ।

कोठीभिर बिकास केन्द्र नेपालले आयोजनामा गरेको महोत्सव बैशाख ३ गतेसम्म चल्नेछ । महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला धनुषवाण प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, खुल्ला पुरुष छेलो प्रतियोगिता, खुल्ला महिला छेलो प्रतियोगिता, खुल्ला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुर्ण बुढा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय