प्यूठान । यस वर्ष जिल्लामा आगलागीका घटना बढेका छन् । यस वर्षको चैत र बैशाखमा आगलागीका ७५ वटा घटना भएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार चैत र बैशाखमा गरेर ७५ वटा आगलागीका घटना भएका हुन् ।

 

जसमा ३५ घर जलेका छन् । ५८ वटा गोठ जलेका छन् । जिल्लाभर ५९ वटा वनमा डढेलो लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । धेरैजसो ठाउँमा जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा पुग्दा घरगोठ जलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय