भक्तपुर । देशभर एकैसाथ कक्षा १२ को परीक्षा आज बिहान ८ बजे देखि सुरु हुँदै छ । शुक्रबार आज बैशाख १४ गतेदेखि सुरु भएर बैशाख २६ गते सम्म परिक्षा चल्ले राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
देशभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभएको छ । उहाँले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन समेत आग्रह गर्नुभएको छ ।
यसवर्षको कक्षा १२ को परीक्षामा नियमिततर्फ देशभरका ५ हजार ५ सय ४२ विद्यालयका ३ लाख ९० हजार ८ सय ४७ जना परीक्षार्थी मध्य १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिनुभएको छ । त्यस्तै बोर्डका अनुसार ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी हुने छन् ।
देशभर १ हजार ५ सय २५ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने देशबाहिर जापानमा एक केन्द्र गरि जम्मा १ हजार ५ सय २६ वटा परीक्षा केन्द्रबाट एकैसाथ परिक्षा संचालब गरिने बोर्डले जानाएको छ।
सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ-मुस्ताङमा एक-एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।
परीक्षा सञ्चालनका लागि ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुनेछन् ।
देशभरका परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका सहित आवस्यक सामग्री पुर्याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।



S.K. Creative Media Group