प्यूठान । प्रतिनिधि सभा सदस्य सूर्य थापाले दलितको अधिकारको विषयमा संविधान, ऐन कानुनमा कुनै समस्या नरहेको बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको साधारणसभामा प्रमुख अतिथि थापाले राज्यले दलितको अधिकारका लागि आवश्यक ब्यबस्था गरेपनि कार्यान्वयन हुन नसक्नुमा नियतको समस्या भएको बताउनुभएको हो ।

प्रमुख अतिथि थापाले दलित अभियानको मुद्दामा जहिले पनि पष्ट हुनुपर्ने बताउनुभयो । अहिले समाजको बस्तु स्थिति बदलिएको भन्दै समय अनुसार बैज्ञानिक दिष्टिकोण राख्नुपर्नेमा जोड दिनुभयो ।” परिवर्तन सम्भव छ । शैली र सस्कार परिवर्तन गरौं,” उहाँले भन्नुभयो ।

उहाँले दलित समुदायको नेतृत्व परिवर्तनको निम्ति जरुरी रहेको बताउनुभयो । “किन ल्याइन्न नेतृत्वमा समाबेसी तरिकाले खोजी गरौं” थापाले भन्नुभयो ।

जिल्लाको बिकास निर्माणको प्रसङ्गमा प्रमुख अतिथि थापाले बाग्लुङ भिमगिठे सडक, लुङ्रीमाडी सिंचाइ आयोजना, नौमुरे जलविद्युत आयोजना, चाल्नेटार बिमानस्थल निर्माणका लागि पहलकदमी गर्दै आएको बताउनुभयो ।

संघका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमल बिक र संचालन सचिब बोम बहादुर परियारले गर्नुभएको थियो । कार्यक्रममा नौमति बाजाको प्रस्तुति, विभिन्न साँस्कृतिक प्रस्तुति राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय