प्यूठान । स्थानीय तहमा रहेको न्यायिक समितिको कामले गर्दा दुर दराजका जनताको न्यायमा पहुँच पुग्न थालेको छ । न्यायिक समितिको दोस्रो प्यूठान जिल्ला सम्मेलनको उद्घाटन शत्रमा बोल्ने बक्ताले संघीय संरचनापछि बनेको न्यायिक समितिले न्यायको पहुँच बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सूर्य थापाले जिल्लाभरको न्यायिक समितिले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले बिबिध कारणले गर्दा अदालतको सेवा प्रबाह ढिला हुने गरेको बिद्यमान अवस्थामा स्थानीय तहका न्यायिक समितिले सहज तरिकाले न्याय दिलाउने गरेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य धनलक्ष्मी श्रेष्ठले मेलमिलापको काम गर्न ब्यबहारिक रुपमा समस्या रहेको भन्दै मेलमिलापकर्ताको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले मेलमिलापकर्तालाई सक्रिय भएर काम गर्न आग्रह समेत गर्नुभयो ।

लुम्बिनी प्रदेश सदस्य निमा गिरीले जिल्लामा रहेका मेलमिलापकर्तालाई समाबेशी बनाउनुपर्ने बताउनुभयो । उहाँले सम्मेलनमा उत्कृष्ट न्यायिक समिति, उत्कृष्ट मेलमिलापकर्ता, उत्कृष्ट कर्मचारीको रुपमा घोषणा गर्न सुझाब दिनुभयो ।

न्यायिक समिति प्यूठानका संयोजक देबेन्द्र वर्माले कार्यपत्र प्रस्तुत गर्दै जिल्लाको अवस्था प्रस्तुत गर्नुभएको थियो । जिल्ला अदालत प्यूठानका श्रेस्तेदार गणेश कुमार गौतमले मेलमिलाप ऐनको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तुल्सीराम शर्मा, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, सरुमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले मन्तव्य राख्नुभएको थियो ।

झिमरुक गाउँपालिकाको ब्यबस्थापनमा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता लगायतको उपस्थिति थियो । झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको झिमरुक गाउँपालिकाको न्यायिक समितिका सदस्य सिताराम पोख्रेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन यामलाल पोख्रेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर