प्यूठान । अन्तर्राष्ट्रिय श्रमिक (मे-१) दिवस सरकारले आज सार्वजनिक बिदा दिएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

देशभर मजदुरहरुले आजको दिन विभिन्न कार्यक्रम मजदुर आन्दोलन र देखिएको समस्याको सवालमा छलफल, गोष्ठी सभा तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाउँदै छन । यस दिवसको अवसरमा देशैभरि विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

सन् १८८६ अमेरिकाको शिकागो शहरमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाइदैँ आइएको छ ।

नेपालमा पनि वि.सं. २००७ सालको विराटनगर आन्दोलनबाट सुरु भएको र वि.सं. २०४६ साल देखि दिवशको अवसरमा सरकारले औपचारिक रुपमा सार्वजनिक विदा दिन थालिएको हो ।

मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरि मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ । सोही आन्दोलनका कारण विश्वभरि मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय