प्यूठान । बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक कार्य गरेको छ । सहकारीले आगलागी पीडित परिवारलाई राहत सामाग्री र प्रहरीलाई सुरक्षा सामाग्री प्रदान गरेको हो ।

सस्थाको एकीकरण पछिको दोस्रो स्थापना दिवसको अवसरमा आगलागीबाट घर क्षती भएको प्युठान नगरपालिका-३ मान्द्रेचौरकी सदस्य दुर्गा दमैको परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्यूठानलाई स्वास्थ्य सुरक्षा सामाग्री र रेफ्रीजेरेटर हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर