माधव खनाल
अर्घाखाँची । प्यूठान र अर्घाखाँची सिमानाको जंगलमा आगलागी भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-१ ढाकावाङ साम्नेगाउँ र प्यूठानको मल्लरानी गाउँपालिका- २ को सिमाना बराथाना,बासिम्ला, दाइहाल्ने, सिउडेनी, सिद्धाथाना वरिपरिको जंगलमा आगलागी भइरहेको हो ।

आगलागीको कारण भुमिकास्थान नगरपालिका-१ साम्नेगाउँ सिउडेनिका टेकबहादुर थापाको घर, पसल, गोठ र गोठमा रहेका बाख्राहरु जलेर नष्ट भएका छन । त्यस्तै मल्लरानी गाउँपालिका- २ का पितम बहादुर राहुको घरगोठ, डोरबहादुर राहुको घरगोठ जलेर नष्ट भएका छन । तिब्र गतिमा हावाहुरी चलेको कारण आगलागि नियन्त्रण गर्न समस्या भएको छ ।

नजिकक सिउडेनी, धपखोला, चिउडा, गेरुमाटाका बस्तिहरु जोखिम रहेका छन । आगलागी बाट क्षतिको एकिन विवरण आउन बाकी रहेको स्थानीय कुलराज भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर