बुटवल । बुटवल उप-महानगरले पछिल्लो समय अत्याधिक गर्मी बढ्दै गएपछी २ दिनका लागि बिद्यालय बन्द गर्ने सूचना जारी गरेको छ ।

अत्याधिक गर्मी र तातो हावा ‘लु’ चलेका कारण विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै यहीँ बैशाख २० र २१ गते दुई दिनका लागि उप-महानगर अन्तर्गतका बिद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने सम्भावना देखिएको भन्दै दुई दिन बिदा दिने निर्णय गरिएको उप-महानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिनुभयो ।

विद्यालयहरुले गर्न पाउने वार्षिक विदामा कट्टी हुने गरि विदा दिन उप-महानगर अन्तर्गतका विद्यालयलाई सूचना गरिएको उप-महानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर