प्यूठान । सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भई हाल सम्म फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले धादिङ जिल्ला अदालतको २०७४ माघ १५ गतेको फैसला अनुसार सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भई हाल सम्म फरार प्यूठान नगरपालिका वडा नम्वर १० बस्ने २८ वर्षीय भुमेराज जिसीलाई पक्राउ गरेको हो ।

जिसी माथी लागेको कैद तथा जरिवाना असुल गराउनको लागी जिल्ला प्रहरी कार्यालय प्यूठानको प्रहरी टोलीले पक्राउ गरी प्यूठान जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय