
प्यूठान । प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका मिन बहादुर बुढामगर (भेलु बाजे) को कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । मृतकका ज्वाई हिमलाल पुन मगरले एक महिलाको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
“प्रहरीमा निवेदन आएको छ,” प्रहरी निरीक्षक हुमानन्द खनालले भन्नुभयो,“ मान्छे पक्राउ परिसकेको छैन, अनुसन्धान शुरु भएको छ ।”
६३ वर्षीय भेलु बाजेको विहीबार बेलुका ७ : ४० बजेतिर प्यूठान अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानका सूचना अधिकारी सम्झना श्रेष्ठले जानकारी दिनुभयो । शरिरमा सामान्य चोटपटक देखिएको अस्पतालले जनाएको छ ।