प्यूठान । नेकपा (एमाले) प्यूठानको जिल्ला दशौं अधिवेशन जेठमा हुने भएको छ । आईतवार बसेको जिल्ला कमिटीको एघारौं बैठकले आगामी जेठ २० र २१ गते अधिबेशन गर्ने निर्णय लिएको हो ।

 

नेकपा एमालेको बैठकले जेठ १० गतेसम्म प्रतिनीधि चयन गर्ने मिति तोकेको एमाले प्यूठानका अध्यक्ष बिष्टले बताउनुभयो । बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय पनि गरिएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथी एमाले पोलिटव्युरो सदस्य सूर्य थापाले सबै नेतालाई जिल्ला अधिवेशनको तयारीमा लाग्न निर्देशन दिनुभयो । अधिवेशनलाई भव्य सभ्य र पद्धति अनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहन गर्न आग्रह गर्नुभयो ।

 

उहाँले पार्टीमा निति र नेतृत्वको विषयमा समस्यामा नरहेको भन्दै अधिवेशनलाई एकताबद्ध भएर जानुपर्ने बताउनुभयो । उहाँले जिल्ला अधिबेशनबाट सर्वसम्मत कमिटी बनाउन सबैले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

 

बैठकमा बिशेष अतिथि एमाले पोलिटव्युरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमाले जिवन्त पार्टी भएको बताउनुभयो । उहाँले पार्टीको बिधि बिधान अनुसार अधिबेशन, महाधिवेशन, बैठक, भेला हुने गरेको बताउनुभयो ।

नेकपा (एमाले) प्यूठानका पुर्व अध्यक्ष हरि प्रसाद रिजालले मिसन ०८४ लाई लक्षित गरेर लाग्नुपर्ने अवस्था रहेको बताउनुभयो । पार्टीलाई अनुशासित, गतिशील र बलियो बनाउन सबै नेता कार्यकर्ता लाग्न आग्रह गर्नुभयो ।

२०७८ पुसमा भएको नवौं अधिबेशनबाट बिजय बिराज बिष्टको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय