प्यूठान । जिल्लामा अहिले पनि विभिन्न स्थानमा आगलागी भइरहेको छ । लामो समय खडेरी परेको अवस्थामा यस वर्ष जिल्लामा आगलागीका घटना धेरै भएका छन् । डढेलो, आगलागी हुन नदिन विभिन्न सचेतनामुलक कार्यक्रम गरिएपनि यो वर्ष आगलागीका घटना बढेका हुन् ।

 

प्रहरीले आगलागीका घटनामा संलग्न रहेको आरोपमा हालसम्म ८ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट ८ जना व्यक्तिलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताउनुभयो ।

 

यो वर्ष जिल्लाभरका १२ हजार हेक्टर बढी क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय प्युठानका सहायक वन अधिकृत हरि पौडेलले जानकारी दिनुभयो । वन क्षेत्रबाट फैलिएको डढेलो बस्तीमा पुग्दा धेरे घरहरु समेत जलेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सिमित स्रोतसाधनका बाबजुद प्रहरी प्रशासनले आगालागी नियन्त्रणमा काम गर्दै आएको बताउनुभयो । उहाँले आगालागीमा संलग्न व्यक्तिलाई समुदायले नै लुकाउने गरेको भन्दै त्यसो नगरी कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । आगालागीमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सके आगामी दिनमा त्यस्ता कार्य गर्न निरुत्साहित हुने उहाँको भनाई छ । आगलागीबाट विभिन्न बस्तीका खानेपानीका पाईपलाइन जलेका छन् । जसले गर्दा सर्वसाधारणले खानेपानी समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय