प्यूठान । प्यूठानमा संचालन हुने विकास आयोजना अवरुद्ध रहित पारदर्शी र गुणस्तरीय कायम गर्दै समयमै काम सम्पन्न गर्न सबै सरोकारवाला पक्षलाई प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले आग्रह गर्नुभएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जिल्लामा बिकासे कार्यालयका डिभिजन प्रमुख तथा प्रतिनिधि, ९ वटै स्थानीय तहमा योजना हेर्ने इन्जिनियरहरु र निर्माण ब्यवसायी संघका प्रतिनिधि सहितको संयुक्त बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा निर्माणाधीन बिकास आयोजनाको गुणस्तरीयतासँगै पारदर्शि बनाउदै निर्माणाधीन आयोजनाको काम गर्दा अन्य आयोजना र बस्तीमा क्षति नहुनेगरी कार्य गर्न र गराउन सम्बन्धि निकाय तथा पक्षलाई जिम्मेवार भएर काम गर्न सुझाव दिनुभएको हो ।
निर्माण व्यवसायीले निर्माण कार्यको क्रममा हुनसक्ने जोखिम र दुर्घटना हुननदिन यात्रुलाई पुर्व सूचना दिने ब्यवस्था मिलाउने र निर्माण कार्य भैरहेको साइट वा स्थलमा एक्साभेटर तथा अन्य हेबि इक्विपमेन्ट र मेसिनरी औजार प्रयोग भएको अवस्थामा अपरेटरसँगै अनिवार्य सहायक कर्मचारी खटाई सुरक्षा ब्यवस्था गर्नुपर्ने, यात्रुको सहजताको लागि निर्माण कार्य भैरहेको स्थलमा सडकको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको होडिङ्ग बोर्ड संकेत चिन्ह अनिवार्य राख्ने र निर्माण कार्य भैरहेको स्थान र साइटको जानकारी स्थानीय प्रहरीलाई जानकारी गराउने ब्यवस्था मिलाउन बैठकले निर्णय गरेको छ ।
सडक निर्माण गर्दा जोखिमको पुर्व मुल्यांकन गरि यातायात अवरुद्ध नहुने गरि निर्माण कार्य गर्ने, सडक छेउछाउ निर्माण सामग्री नराख्ने, सडक निर्माण गर्दा निस्कने माटो ढुङ्गा लगाएतको सामग्रीले बस्ती तथा अन्य खेतीयोग्य जमिन क्षति नहुने गरि सुरक्षीत तरिकाले ब्यवस्थापन गर्न सम्बन्धि कार्यालयले समन्वय गर्ने, ठेक्का तथा उपभोक्ता मार्फत संचालित आयोजना तथा कार्यक्रम सम्झौताको समयमै सम्पन्न गर्न निर्माण ब्यवसायी, उपभोक्ता समिती र कार्यालयले सक्रियता देखाउने, सुरक्षा समेतको दृष्टिगत गरि बिपत्तिको बेला निर्माण ब्यवसायीको हेबि उपकरण र अपरेटरको अभिलेख जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई उपलब्ध गराउने, निर्माण स्थलमा खटिने कामदार तथा मजदुरको सुरक्षाको लागि बिमा लगाएत निर्माण स्थलमा प्रयोग हुने सबै सुरक्षा सेफ्टीमा ख्याल गर्नुपर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । विभिन्न बिपत्तिमा सहयोगमा जुट्न समेत अनुरोध गरिएको छ । कार्यक्रममा उपस्थित प्रतिनिधिले आ-आफ्नो कार्यालयले चालू आर्थिक वर्षमा गरेको कामको प्रगति बारे जानकारी गाराएका थिए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको अध्यक्षतामा मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठानको सभाहल्मा भएको बैठकमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी ईश्वर थापा अन्य सुरक्षा निकायका प्रमुखहरु, सडक डिभिजन कार्यालय, डिभिजन सिंचाइ कार्यालय, सडक पुर्वाधार बिकास कार्यालयका प्रमुख तथा प्रतिनिधि, निर्माण ब्यवसायी संघ प्यूठानका अध्यक्ष नवीन कुमार श्रेष्ठ लगाएको टिम र ९ वटै स्थानीय तहका भौतिक पुर्वाधार तथा भवन नियमन शाखाका इन्जिनियरहरु लगाएतको उपस्तिथि रहेको थियो ।