प्यूठान । लागुऔषध दुर्व्यसन रोकथाम गर्न सामाजिक अभियान्तालाई अभिमुखीकरण गरिएको छ । किशोर किशोरी, युवा तथा सामाजिक अभियान्तालाई अभिमुखीकरण गरिएको हो ।

 

मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानका अध्यक्ष वसन्तलाल शाक्यको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाको प्रमुख आतिथ्यतामा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानको सभाहलमा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक इश्‍वर थापाले लागुऔषधको परिचय, यसका प्रकार, असर, दुर्व्यसनका चरण, यसबाट बच्ने उपायहरु र यसका कानूनी प्रावधानका बारेमा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय, गैर सरकारी संस्था महासंघ र मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन । जिल्ला प्रशासन कार्यालय प्यूठानले स्वीकृत गरेको “लागु औषध नियन्त्रण कार्ययोजना, २०८१” अन्तर्गत जिल्लामा अभियान संचालन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय