प्यूठान । राष्ट्रिय महिला आयोगका सदस्य कृष्णा कुमारी पौडेल खतिवडाले महिलाको हकहित संरक्षण र लैंगिक न्यायका लागि आयोगले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । जनचेतना जागरण, उजुरी संकलन तथ व्यवस्थापन गर्दै आयोगले महिलासँग सम्वन्धित कानुन कार्यान्वयनका लागि भूमिका खेल्दै आएको बताउनुभएको हो ।
स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र सरोकारवाला निकायबीच लैंगिक हिंसा निवारणमा असल अभ्यास र न्यायमा पहुँच सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै सदस्य खतिवडाले समाज रुपान्तरण गर्न आवश्यक रहेको औल्याउनुभयो । फरक लिंग भएकै आधारमा महिलाहरु विभिन्न हिंसामा पर्ने गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले महिलाहरुलाई न्यायिक पहुँचमा पु¥याउन स्थानीय तहमा रहेको न्यायिक समितिले समेत भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले जनसंख्याको आधारमा महिलाको प्रतिनिधित्व हुनुपर्ने भन्दै सवै क्षेत्रमा महिला प्रतिनिधित्वका लागि आयोगले पहल गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा न्यायिक समितिले गरेका अशल अभ्यास, चुनौती र आयोगसँगको अपेक्षाको बारेमा छलफल केन्द्रित भएको थियो । सहभागिले जिल्लामा बाल विवाह, आत्महत्या, जवरजस्ती करणीका घटना समस्याको रुपमा रहेको औल्याएका थिए । स्थानीय तहमा कानुन सम्वन्धी कर्मचारीको दरबन्दी नहुँदा न्याय निरुपणमा समस्या भोग्नुपरेको न्यायिक समितिका संयोजकहरुले गुनासो गरेका थिए ।
जिल्ला समन्वय समिति प्यूठानका उप–प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्यूठान जिल्ला अदातलका न्यायधिस पुनाराम खनाल र आयोगका शाखा अधिकृत उषा गजमेरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल लगायतले बोल्नुभएको थियो ।