प्यूठान । नौबहिनि गाउँपालिका-६ मा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । आफ्नै खेत जोत्ने क्रममा स्थानीय २८ वर्षीय सन्ताेष परियारकाे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
बिजुलीको खम्बालाई अड्याउन गाडिएको तारबाट करेन्ट लागेर घाइते परियारको जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । शब पोष्टमार्टमको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।