प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकाले सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै बैशाख ३१ गतेदेखि प्रशासन शाखा र पन्जिकरण शाखाबाट प्रदान गरिने सबै सेवा बिहान ८ बजेबाट सुचारु गरिने निर्णय गरेको छ । आइतबार बसेको गाउँकार्यपालिकाको १७ औं बैठकले यस्तो निर्णय गरेको जनाएको हो ।
त्यस्तै बैठकले गाउँपालिकाको सडक गुरुयोजना अनुसार मुख्य सडक, सहायक सडक र ग्रामीण सडकहरुको मापदण्ड कामय गर्ने भएको छ । सडक गुरुयोजना अनुसार मापदण्ड कायम भएपनि दायाँबायाँ आवास निर्माण गर्दा कति जग्गा छोडेर गरानुपर्ने, कुन कुन सडकको क्षेत्रअधिकार कति हुने लगाएत कामय हुनेछ । गाउँपालिकाको पहिचान झल्किने खालको आफ्नो लोगो निर्माणको लागि तयारी गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।
गौमुखी गाउँपालिका वडा नम्बर ४ र ७ आवास बिहिन तथा अति बिपन्न नागरिक निमा केसी र हिम बहादुर जोगी कवरलाई आवास निर्माणको लागि आर्थिक सहायता दिने निर्णय भएको गाउँपालिका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आवास निर्माणको लागि प्राबिधिक मुल्यांकनको आधारमा आर्थिक सहायता उपलब्ध गराउने बताउनुभयो । पुँजा स्वास्थ्य चौकी लिवासेको लागि एक जना मेडिकल अधिकृत पदपूर्ति गर्न बिज्ञापन गर्ने निर्णय भएको उपाध्यक्ष रानाले जानकारी दिनुभयो ।