प्यूठान । जिल्लाको गौमुखी गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्य पहिलो भएको छ । आइतबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
पालिकामा हरेक वर्ष फागुनमा खोप लगाउने बालबालिकालाई वडाका स्वयंसेविका र स्वास्थ्यकर्मी मार्फत सर्बेक्षण गरिएको थियो । सर्बेक्षणको आधारमा फेला परेका खोप लगाउन बाँकी रहेका बालबालिकालाई चैतमा खोप लगाउने र नियमित खोप कार्यक्रममा जोड्न सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो ।
शाखा प्रमुख जैसीका अनुसार अहिले पालिकामा ५ सय ५३ जना बालबालिका नियमित खोपको दायरामा छन । ६ जना बालबालिकाको भने नियमित खोप लगाएको नभेटिएको भएपछि अहिले ती बालबालिकालाई नियमित खोप लगाउन थालिएको बताउनुभयो ।
पालिकाभर १ हजार ६ सय ८१ जना बालबालिकामा खोप सर्वेक्षण गरिएकोमा १ जना खोप नलाएको पाइएको स्वास्थ्य शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार २३ महिना भित्र दादुरा रुवेला विरुद्धको दोस्रो मात्रा खोप लगाएको हुनुपर्ने र सबै बालबालिकाले नियमित सबै खोप लगाएपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा हुने बताउनुभयो ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा आमनागरिक सचेत हुनुपर्ने बताउनुभएको छ । सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सबै सरकारले स्वास्थ क्षेत्रमा लगानिको दायरा फराकिलो बनाउनुपर्ने उहाँको भनाई छ ।
गाउँपालिकाको सबै वडालाई पुर्ण खोप सुनिश्चितता गरेपछि गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष बिस्नु कुमार गिरीले जानकारी दिनुभयो । पालिकाभरका आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन पालिकाले महत्त्वपूर्ण योजना तथा कार्यक्रम संचालन गर्दै आएकोले अझै राम्रो र सफल बनाउन सबैको सहकार्य आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थकर्मी, महिला स्वस्थ्य स्वयंसेवीका र सरोकारवाला निकायका प्रतिनिधिको सहभागीतामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो । सबैको सहयोग र समन्वयबाट पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि गौमुखि गाउँपालिकालाई जिल्लामै पहिलो बनाउन सफल भएको उपाध्यक्ष रानाले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अथिती धरम बहादुर जिसी र स्वास्थ्य कार्यालय प्युठानका कोल्चेन अधिकृत कौशल राज बैधले पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा वडा लाई समेत पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा प्रमाणपत्र दिइएको थियो । खोप कार्यक्रममा उत्कृष्ट कार्य गरेको खुङ स्वास्थ्य चौकीको सिनियर अनमी बिजया भण्डारी र पुजा स्वास्थ्य चौकीको खोप कार्यकर्ता अनमी गंगा पुनलाई प्रसंशा पत्रले सम्मान गरिएको छ ।
पुर्ण खोप सुनिश्चित तथा दिगोपनाका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै वडा खोप समन्वय समिति, पालिका खोप समन्वय समिति, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्व्यमसेविका, जनप्रतिनिधि लगायत सबैलाई गाउँपालिकाले धन्यवाद दिएको छ।