प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले जातीय भेदभाव तथा छुवाछुत मुद्दामा दोषी ठहर भई फरार ब्यक्तिलाई पक्राउ गरेको छ ।
प्यूठान जिल्ला अदालतको २०७७ पुस २८ गतेको फैसला अनुसार जातीय भेदभाव तथा छुवाछुत मुद्दामा दोषि ठहर भई हालसम्म फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सरुमारानी गाउँपालिका-५ विरिङकोट बस्ने ३० वर्षीय चित्र बहादुर खाम्चा मगरलाई कैद तथा जरिवाना असुल गराउनको लागी पक्राउ गरी अदालत पेश गरेको प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताउनुभयो । अदालतले सोमबार नै कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।