प्यूठान । गत शैक्षिक सत्रमा बिद्यालयको शैक्षिक गुणस्तर खस्किएपछि नौबहिनी गाउँपालिकाले पालिका भित्रका कमजोर बिद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अभिभावक शिक्षा कार्यक्रम गरेको छ ।

गाउँपालिका भित्रका बिद्यालयहरुको शैक्षिक अवस्था कमजोर बन्दै गएपछि पालिकाले ‘गाउँ सरकारसँग शिक्षक, अभिभावक र बिद्यार्थी’ भन्ने अभियान सहित शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अन्तरक्रिया गरेको हो ।

गत शैक्षिक सत्रको बार्षिक नतिजा हेर्दा नतिता कमजोर रहेको भन्दै बिद्यालयमै गएर शैक्षिक गुणस्तर अभिबृद्धिका लागि बाधक बनेका बिषयमाथि छलफल गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो,”हामीले शिक्षा क्षेत्रको वास्तविक धरातल के छ भनेर यथार्थ नतिता प्रकाशित गरेका हौँ । आफ्नो वास्तविक नतिजा पहिचान नगरी परिबर्तन सम्भव छैन ।”

अध्यक्ष थापाले जनताबाट उठाएको करबाट राज्यको तलव खाएर अबोध बालबालिका माथि खेलवाड नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । जस्ले कमजोरी गर्छ उसले सजाए भोग्नै पर्ने भन्दै उहाँले सो बिषयमा गाउँपालिका आवस्यक नीति सहित कठोर बन्ने पनि बताउनुभयो ।

यसैबिच गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले अभिभावहरुले बिद्यालयमा आएर आफ्ना छोराछोरीको वास्तविक शैक्षिक अवस्था बेलाबेलामा बुझ्नु पर्ने, अनुगमन गर्ने, कमिकमजोरी ओैल्याउने जस्ता काममा सकृय हुनु पर्नेमा जोड दिनु भयो । पर्याप्त आधार हुँदाहुँदै विभिन्न वाहानाबाजि गर्दै शैक्षिक उपलब्धिको बिषयमा ध्यान नदिने बिद्यालय प्रशासक र शिक्षकहरु प्रति पालिका अब कठोर बन्ने उहाको भनाई छ ।

बिद्यालयका अभिभावक, शिक्षक र बिद्यार्थी सहभागी भएको कार्यक्रममा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अभिभावक, शिक्षक र बिद्यार्थीको भुमिका के हुने भन्ने बिषयमा शिक्षा विकास समन्वय ईकाई प्यूठानका पुर्ब प्रमुख बिज्ञ शिव पण्डितले प्रशिक्षण गर्नुभयो ।


शिक्षा क्षेत्रमा भएका राम्रो अभ्यास गरिरहेका बिद्यालयको उदाहरण सहित अभिभावक र शिक्षक बीचको भुमिकाका बिषयमा पत्रकार गिरु भण्डारीले प्रशिक्षण गर्नुभयो । गत शैक्षिक शत्रमा गाउँपालिका भित्रका सनमुदायिक विद्यालयको बार्षिक नतिता हेर्दा सरी प्रकाश आधारभुत बिद्यालय स्याउलिवाङ्ग, गुरुभक्त आधारभुत विद्यालय फोप्ली मैरामारे र अन्धनाशक माध्यमिक विद्यालय लिघाले कक्षा ८ को परिक्षामा १ जना बिद्यार्थी पनि उत्तीर्ण गराउन सकेका थिएनन् ।

गाउँपालिका अध्यक्ष डिलाराम थापा, उपाध्यक्ष बिष्णा थापा, प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेल, शिक्षा शाखा प्रमुख मेघराज बोहोरा सहित जिल्ला शिक्षा विकास समन्वय ईकाई प्यूठानका पुर्ब प्रमुख शिव पण्डित, पत्रकार महासंघ प्यूठानका पुर्ब अध्यक्ष गिरु प्रसाद भण्डारी, पत्रकार मधुसुदन भण्डारी र हरी भण्डारी सहितको टिमले बिद्यालयको आवश्यक अनुगमन गरि कार्यक्रम गरिएको थियो ।

गाउँपालिकाको सहयोग र सरोकार संचार तथा मानव संशाधन विकास केन्द्रको आयोजनामा अभिभावक, शिक्षक र बिद्यार्थी बीच शैक्षिक गुणस्तर अभिबृद्धिका सवालमा जेठ १ देखि ३ गते सम्म अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय