
बाहाने । नौबहिनी गाउँपालिकामा अपांगता भएका ब्यक्तिको अधिकार सम्बन्धि शसक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजना तथा राष्ट्रिय अपांग सेवा संघ सेवा संघ प्यूठानको सह आयोजनामा कार्यक्रम सप्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले सहजीकरण गर्नुभएको थियो । उहाँले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन-२०७४, स्थानीय अपांगता समन्वय समिति, स्थानीय अपांगता परिचयपत्र सिफारिस समिति, कानुनी अधिकार लगायतका विषयमा प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नौबहिनि गाउँपालिका उपाध्यक्ष बिस्ना थापाले पालिकामा अपांगताको विषयमा भएको प्रहिलो छलफल भन्दै अपांगताको सवालमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । पालिकाले अपांगता परिचयपत्र बितरण कार्यबिधि २०७५ अनुसार काम गर्दै आएपनि ब्यबहारिक रुपमा त्यो नमिलेको बताउनुभयो । बिगतमा सेवा सुबिधा पाएका ब्यक्तिले अहिले कार्यबिधीका कारण सेवा सुबिधा पाउनबाट बन्चित भएको जानकारी गराउनुभयो । उहाँले आगामी वर्ष पालिकाले अपांगताको क्षेत्रमा काम गर्न योजना बनाउने बताउनुभयो ।
सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानका ईन्जिनियर ओसन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, अपांगता भएका ब्यक्ति र उनका अभिभावक सहित अन्य सरोकारवालाको सहभागिता थियो ।
स्वागत मन्तव्य राष्ट्रिय अपांग सेवा संघ सेवा संघ प्यूठानका कोषाध्यक्ष उजेली बिक र संचालन सचिब राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।