रुपन्देही । तिनाउ खोलामा नुहाउन गएका एक जनाको डुबेर मृत्यु भएको छ । शनिबार तिलोत्तमा नगरपालिका-६ हरियाली पार्क नजिक तिनाउ खोलामा ३ जना नुहाउनका लागि गएको बेला डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिलोत्तमा-५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको ज्यान गएको हो । नुहाउने क्रममा दिव्यांश खोलामा डुबेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिव्यांशलाई खोलामा मृत अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय