प्यूठान । नारायणगढ- मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
ट्रक सह-चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुबेदीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । त्यसैगरी प्यूठान नौबहिनि गाउँपालिका-३ खवाङका १३ वर्षीय सोयन पुनको ज्यान गएको छ ।
काठमाण्डौबाट प्यूठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवास तर्फ आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बिरगञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको बस ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकाको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको छ ।