प्यूठान । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीलाई मातृशोक परेको छ । झिमरुक गाउँपालिका–७ पिडाल्ने निवासी लुम्बिनी प्रदेश सांसद गिरीको आमा नेत्रा गिरीको ७२ वर्षको उमेरमा हिजो राती निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि लामो समयदेखि उपचाररत गिरी क्यान्सर र श्वासप्रश्वास रोगले थलिएको बुझिएको छ । मृतक गिरीका ६ छोरी र २ छोरा छन् । सांसद गिरी नेपाली कांग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ । सांसद गिरी राइली छोरी हुनुहुन्छ ।