गौमुखी । गौमुखी गाउँपालिकामा नि:शुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सप्पन्न भएको छ ।

 

गौमुखी गाउँपालिकाको आयोजना तथा मानसिक अस्पताल लगनखेल ललितपुरको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा पुँजा स्वास्थ्य चौकी लिबासेमा शिविर आयोजना गरिएको हो ।

शिविरमा ९५ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।शिविरमा मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक डाक्टर अनन्त प्रसाद अधिकारी ,प्यूठान अस्पतालका मेडिकल अधिकृत प्रिया श्रेष्ठ लगायतले बिरामीहरुको चेकजाँच गर्नु भएको थियोे ।

गत बर्षको शिविरबाट गौमुखीका २ जना मानसिक स्वास्थ्य सम्बन्धि बिरामीको मानसिक अस्पताल ललितपुरमा उपचार भइ अहिले बिरामीहरुको अबस्था सामान्य र सुधार भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय