प्यूठान । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले झिमरुक गाउँपालिकालाई विपदमा आवश्यक सामाग्री प्रदान गरेको छ । बिहिवार एक कार्यक्रमका बीच झिमरुक गाउँपालिकालाई करिब पाँच लाख ५० हजार रुपियाँ बराबरको विपदमा आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालका प्रतिनिधि उत्तमलाल श्रेष्ठले विपदको बेला खोज तथा उद्धारमा प्रयोग हुने ६५ प्रकारका सामग्री तथा उपकरण गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई औपचारिक रुपमा आज हस्तान्तरण गर्नुभएको थियो । विपदको समयमा आवस्यक पर्ने प्राथमिक उपचारको लागि औषधि, अन्य सुरक्षा उपकरण समाग्री सहित ५ लाख ५० हजार बराबरको सामग्री प्राप्त गरिएको गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो । गोर्खा वेल्फेयर ट्रष्टले झिमरुक गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

सामग्री हस्तान्तरण गर्दै गोर्खा वेल्फेयर ट्रष्ट नेपालका प्रतिनिधि उत्तमलाल श्रेष्ठले हस्तान्तरण गरिएका सामग्री र उपकरण सहि ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभयो । “स्थानीय जनताले विपद्को समयमा दु:ख नपाओस भनेर आवस्यक सामाग्री तथा उपकरण दिएका हौं ” उहाँले भन्नुभयो, “बाढी पहिरो लगाएत अन्य विपद जन्य जोखिमबाट हुने जनधनको क्षतिबाट वचन सहयोग हुनेछ ।”

गाउँपालिका वडा नम्बर ४ र ८ का विभिन्न टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन । घरघरमा पानी धारा पुगेपछि स्थानीय हौसिएका छन । समय बचत भएपछि नानिबाबुले पढ्ने र अन्य कामको लागि समेत सहज भएको स्थानीयले बताउनुभयो ।

कार्यक्रममा गाउँपलिका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि पोख्रेल, लेखा अधिकृत पिताम्बर मरासिनी र गोर्खा वेयलफेयर ट्रष्टको टिमको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय