प्यूठान । मल्लरानी गाउँपालिकाको खलंगामा अपांगता भएका ब्यक्तिको अधिकार सम्बन्धि शसक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजना तथा राष्ट्रिय अपांग सेवा संघ प्यूठानको सह-आयोजनामा जिल्ला समन्वय समितिमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा अपांगता अधिकारकर्मी जुमान सिंह केसीले अपांगता अधिकार सवालमा सहजीकरण गर्नुभएको थियो । केसीले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन-२०७४, स्थानीय अपांगता समन्वय समिति, स्थानीय अपांगता परिचयपत्र सिफारिस समिति, कानुनी अधिकार र सरोकारवाला निकायको भुमिका लगायतका विषयमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले अपांगताको सवालमा जिल्ला सभामा समेत छलफल गरि साझा सवालको रूपमा लिएको भन्दै अपांगता भएका ब्यक्तिको हक अधिकारमा सबैले ध्यान दिनपर्ने बताउनुभयो । उहाँले सकारात्मक सोच राखी अपांगता भएका ब्यक्तिलाई गर्न सकिने सहयोग गर्नसबैमा आग्रह गर्नुभयो ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले पालिकाले अपांगता परिचयपत्र बितरण कार्यबिधि २०७५ अनुसार काम गर्दै आएपनि ब्यबहारिक रुपमा त्यो नमिलेको बताउनुभयो । राष्ट्रिय अपांग सेवा संघले पालिका स्तरीय संजालहरुको क्षमता बिकास गरि संजाललाई सक्रिय गराउन आवस्यक रहेको भन्दै गाउँपालिका अपांगता भएका ब्यक्तिको समग्र कार्यमा साथमा रहेको उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले अपांगता सम्बन्धि बनेका नीति नियमलाई कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको भन्दै सबै तह र निकायले कार्यान्वयन गर्दै जानुपर्ने बताउनुभयो । सहभागीहरुले यातायात, शिक्षामा पाउनुपर्ने सहुलियत नपाएको गुनासोलाई सम्बोधन गर्दै उहाँले कानुन अनुसारको सहुलियत, छुट पाउनु पर्ने भन्दै आफ्नो तहबाट सहजीकरण गर्ने बताउनुभयो ।

प्यूठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्काले कानुन बमोजिम कार्यान्वयन भएका बालबालिकाले उच्च शिक्षा सम्म नि:शुल्क पाउने ब्यबस्था रहेपनि सामुदायिक क्याम्पसमा समस्या रहेको बताउनुभयो । उहाँले क्याम्पसबाट कार्यान्वयन भएका विद्यार्थीलाई मासिक शुल्कमा छुट तथा अन्य छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो ।

अभिमुखीकण कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय प्रमुख, जनप्रतिनिधि, संघसस्था, बैंकका प्रतिनिधि, कार्यान्वयन संजालका प्रतिनिधि र पत्रकारको सक्रिय सहभागीता रहेको थियो ।

राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राष्ट्रिय अपांग सेवा संघ प्यूठानका सचिब राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय