प्युठान । जिल्लाको मुख्य ब्यापारीक केन्द्र प्युठान नगरपालिकाको बाग्दुला र बिजुवार बजारको माछा तथा मासुपसलको अनुगमनको गरिएको छ । शुक्रबार प्युठान नगरपालिका वडा नम्बर ४ र ८ स्थित बिजुवार र बाग्दुला बजार अनुगमन गर्दा १५ किलो भन्दा बढी सडेको अवस्थामा राखिएको मासु बरामद गरि नष्ट गरिएको हो ।

अनुगमन टोलीले बजार अनुगमनका क्रममा बाग्दुला बजारमा मासु व्यवसाय गर्दै आएका २ जना व्यापारीको मासुपसलबाट १५ किलो ९३ ग्राम सडेको मासु बरामद गरिएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका भेटेनरी निरिक्षक डाक्टर गणेश बहादुर पुनले जानकारी दिनुभयो । डाक्टर पुनका अनुसार प्युठान नगरपालिका-८, बाग्दुलामा रहेको जय प्युठानी लोकल पाडा मासुपसल्बाट ९ किलो ९३ ग्राम सडेको मासु र बाग्दुलाकै झिमरुक कान्छी मासुपसलबाट ६ किलो गरि १५ किलो ९३ ग्राम सडेको अवस्थामा मासु फेला फारिएको बताउनुभयो । अनुगमनका क्रममा बरामद गरिएका सडेको सम्पुर्ण मासु स्वास्थ्यको लागि हानी हुने भन्दै प्रहरी, प्रशासन, पत्रकार र सरोकार वालाहरुको रोहवरमा खाडलमा पुरेर नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । बजार अनुगमन गर्ने कार्य जारी राखिएको छ । डाक्टर पुनले भन्नुभयो, “असार भित्रमा जिल्लाका सम्पुर्ण बजारका माछा मासु तथा दूधडेरी पसलमा अनुगमन गर्ने कार्यलाई तिब्रता दिइनेछ।”

अनुगमनको क्रममा कतिपय बिषयमा पसललाई सुधार गर्न सुझाव दिएको छ। अटेर गरे वा अर्कोपटक अनुगमन गर्दा सुधार नभएको पाइएको खण्डमा पसल कानुन अनुसार सिल समेत गर्न कार्यालय बाध्य हुने उहाँले जानकारी दिनुभयो ।

साथै पसलहरुको दर्ता नविकरण नभएको, दररेट कायम नभएको, पसलको वोर्ड सेवाग्राहीले देखिने गरी नराखिएको, पसल सरसफाई तथा मासु ग्रेडिङ नगरेको पाइएकोले सुधार गर्न व्यापारीलाई सचेत गराईएको पुनले बताउनुभयो ।

संयुक्तरुपमा अनुगमनमा निस्किएको टोलीले बाग्दुला बजारमा रहेका ११ वटा मासु पसल अनुगमन गरिएको जनाएको छ । त्यस्तै बिजुवार बजामा रहेका ४ वटा दुग्धडेरीमा अनुगमन गरिएको थियो ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठान, जिल्ला प्रशासन कार्यालय प्यूठान, उद्योग बाणिज्य संघ प्यूठान, घरेलु तथा साना उद्योग कार्यालय प्यूठान, जिल्ला प्रहरी कार्यालय प्युठान र पत्रकार सहितको टोलिले बिजुवार र बाग्दुला बजारमा रहेका मासु तथा दुधडेरी पसलको अनुगमन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय