रविन विश्वकर्मा
प्युठान । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्युठानले बिरामीलाई फलफुल बितरण गरेकाे छ । शाखाले राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाचौं स्थापना दिवसको अवसरमा शुक्रबार शुभकामना आदान प्रदानसंगै प्युठान अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले दलित तथा गैर दलित पत्रकारहरुले हरेक प्रकारका विभेद विरुद्ध कलमकाे माध्यमद्वारा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताउनुभयाे। परम्परागत रुढीबादी तथा चेतना स्तरमा परिवर्तन नहुदा दलित समुदाय अझै अपि जातिय छुवाछूत तथा विभेदकाे चपेटामा परेकाे बताउनुभयो ।
अध्यक्ष विष्टले नेपालकाे संविधानले नै जातिय छुवाछूत तथा विभेद विरुद्ध कानुनी रुपमा ब्यवस्था गरेकाे बताउँदै राष्ट्रिय दलित पत्रकार संघ दलित समुदायको हक, हित तथा अधिकार संरक्षणका लागि सशक्त रुपमा अगाडी बढ्न जरुरी रहेको बताउनुभयाे। साथै विष्टले अस्पतालको चाैतर्फि बिकासका लागि,समुदाय, नागरिक समाज, पत्रकार संञ्चारकर्मी लगायतकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो। अस्पताल लगायत जिल्लाका हरेक क्षेत्रकाे सकारात्मक तथा नकारात्मक सबै पक्षलाई औल्याउदै सम्बन्धि निकायलाई सेवा प्रवाहमा जवाफदेही बनाउन झगझक्याउनुपर्ने उहाँकाे भनाइ छ ।
यस्तै विशेष अतिथि तथा जिल्ला अस्पताल बिजुवार प्यूठानका प्रमुख प्रमिला खनालले राष्ट्रिय दलित पत्रकार संघले सामाजिक उत्तरदायित्वसंगै विभिन्न रचनात्मक कार्य गर्दै अाएकाे बताउनुभयो । अस्पतालमा रहेका बिरामीहरुकाे शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दै फलफुल वितरण गरेकाेमा धन्यवाद दिदै आगामी दिनहरुमा अस्पताल तथा बिरामीहरुलाई अझै धेरै सहयाेग पुग्ने खालका कार्यक्रम संञ्चालन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला अस्पताल बिजुवार प्यूठानका हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष बासुदेव गिरी,प्रेस सेन्टर नेपालका जिल्ला शाखा इन्चार्ज हरि प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय दलित पत्रकार संघ नेपालले सुरुवाती चरण देखिनै राम्रो काम गर्दै अाएकाे बताउनुभयो। जिल्लामा दलित समुदायकाे हक अधिकारकाे संरक्षणका निमित्त उनीहरुको मुद्दा तथा सवालहरुमा निरन्तर बाेल्दै आएकाे बताएका थिए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठानका उपाध्यक्ष बोम बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रविन विश्वकर्माले गर्नुभएको थियोे।
दिवसको अवसरमा तिनजना हाडजोर्नीका बिरामीको निःशुल्क शल्यक्रिया
जिल्ला अस्पताल बिजुवार प्युठानले तिनजना बिरामीको निःशुल्क शल्यक्रिया गरिदिएकाे छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाचौं स्थापना दिवसको अवसरमा अस्पतालमा उपचारत ३ जना हाडजोर्नीका दलित समुदायका बिरामीहरुकाे निःशुल्क शल्यक्रिया गरिदिएकाे अस्पतालले जनाएको छ ।
शुक्रबार दिवसको अवसरमा नशा काटिएकाे, हात भाचिँएको र हातमा रड राख्नुुपर्ने प्रकृतिका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका हाडजोर्नी तथा नशा राग बिशेषज्ञ डाक्टर राजेन्द्र पाैडेलले जानकारी दिनुभयो । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्युठानले राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाचौं स्थापना दिवसको अवसरमा बिहान अस्पतालमा शुभकामना आदान प्रदानसंगै बिरामीलाई फलफुल वितरण गरेकाे थियोे ।
साेहि अवसरमा शुभकामना मनतब्य राख्दै अस्पतालका हाडजोर्नी तथा नशा राग बिशेषज्ञ डाक्टर पाैडेलले स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत रहेका ३ जना दलित बिरामीको शल्यक्रिया निःशुल्क गरिदिने घाेषणा गर्नु भएकाे थियोे । साेहि अनुसार ३ जनाकाे नि: शुल्क शल्यक्रिया गरिएकाे उहाँले बताउनुभयो । अन्य दिनहरुमा पनि आर्थिक अवस्था कमजोर भएका दलित तथा गैरदलित बिरामीहरुको शल्यक्रिया निःशुल्क गरिदै आएको डाक्टर पाैडेलले जानकारी दिनुभयो।