प्यूठान । नेकपा (एमाले) प्यूठानको दशौं अधिवेशनको तयारी सहित चहलपहल शुरु भएको छ । आईतबार होटल आयुष्मामा उद्घाटन गर्ने गरि अधिवेशनको तयारी भइरहेको एमाले प्यूठानले जनाएको छ । पार्टी कार्यालयमा अधिबेशनको तयारी चलिरहेको छ । नेता कार्यकर्ताको आवतजावत बढेको छ ।

अधिबेशनका लागि एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज नरुलाल चौधरी प्यूठान आईपुग्नुभएको छ ।

होटल आयुष्मामा नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन शत्र आयुष्मामा भएपनि त्यसपछिका कार्यक्रम पार्टी कार्यालय बिजुवारमा हुने जनाइएको छ ।

नयाँ नेतृत्वमा सर्वसहमतिको प्रयास
दशौं अधिवेशनबाट चुनिने नयाँ नेतृत्वलाई सर्वसहमत बनाउन प्रयास थालिएको छ । एमालेका नेतृत्व तहका नेता र कार्यकर्ताले सर्वसहमतिबाट नेतृत्व चयन गर्दा पार्टीको हित हुने भन्दै त्यसतर्फ अधिकतम पहल गर्न छलफल चलाएका छन् । त्यसका लागि नेतृत्वले सुझाव लिने क्रम जारी छ ।

नेतृत्वका लागि आकांक्षी
आगामी नेतृत्वका लागि विभिन्न नेताहरुको नाम चर्चामा रहेको छ । अहिलेका वर्तमान अध्यक्ष बिजय विराज विष्ट, नेताहरु नेहरसिंह केसी, मधुर शर्मा, अजय सिंह, इन्द्रमणी पोख्रेलको नाम चर्चामा रहेको छ ।

६४ वडाबाट प्रतिनिधित्व
अधिवेशनका लागि जिल्लाका ६४ वटै वडाबाट प्रतिनिधि सहभागी हुँदैछन् । १५ जना संगठित सदस्य बराबर १ जना र १० जना संगठित सदस्य बरावर एक जना दलित सदस्य प्रतिनिधि छनोट हुने प्रावधान रहेको छ । करीव ६ सय प्रतिनिधिले अधिवेशनमा सहभागीता जनाउने एमाले प्यूठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय